दफा ११
दूर सञ्चार पूर्वाधार
११.११.१ भौगोलिक परिस्थिति अनुकुल राष्ट्रव्यापी रुपमा व्रोडव्याण्ड सञ्जाल विस्तार गरिनेछ ।

११.११.२. दूर सञ्चार पूर्वाधार निर्माणमा दोहोरोपन हटाउन, विद्युत, सडक लगायतका भौतिक पूर्वाधार संगसंगै दूर सञ्चार पूर्वाधारको समेत साझा प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।

११.११.३. ग्रामीण दूर सञ्चार विकास कोषको प्रभावकारी परिचालन मार्फत ग्रामीण तथा सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेका क्षेत्रमा पूर्वाधार विकास गरिनेछ ।

११.११.४. ताररहित मेरुदण्डिय पूर्वाधार (Wireless Backbone) निर्माण गर्न पर्याप्त भू-सतही माईक्रोवेव फ्रिक्वेन्सी (Terrestrial Microwave Frequency) को उपलब्धता यथाशीघ्र सुनिश्चित गरिनेछ ।

११.११.५. अन्तर-राष्ट्रिय आवद्धता (International Connectivity) मा व्यापक सुधार गर्न विशेष प्राथमिकता दिइने छ ।

११.११.६. प्राकृतिक विपत पश्चातको आवश्यकता मूल्यांकन प्रतिवेदनका आधारमा विनाशकारी भूकम्पका कारण र अन्य प्राकृतिक प्रकोपका कारण भत्किएका, विग्रिएका सूचना सञ्चार प्रविधि र दूरसञ्चार सम्बन्धी पूर्वाधारहरुको पुनर्निर्माण एवं पुनर्स्थापना गरिनेछ ।

११.११.७ विनाशकारी भूकम्पबाट भएका संरचनाहरुको पुनर्निर्माण एवं पुनर्स्थापनामा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरिनेछ ।

११.११.८ स्मार्ट सिटी (smart city) को अवधारणा लागू गरिने छ।

११.११.८ सूचना तथा सञ्चार प्रविधिको विस्तारका लागि नेपालले आफ्नै भू-उपप्रह प्रक्षेपण गर्ने सम्बन्धमा आबस्यक कार्य गर्नेछ।